काठमाडौँ- संयुक्त राष्ट्र संघको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा शान्ति स्थापना कार्यका लागि तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ।
संयुक्त राष्ट्र संघीय मिसन अन्तर्गत तैनाथ सैनिक प्रहरी युनिट (शा.से.) Initial ११ औँ डफ्फालाई बदली गर्नका लागि सैनिक प्रहरी युनिट (शा.से.) Initial १२ औँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू मंगलबार प्रमुख सेनानी रबिन श्रेष्ठको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यसैगरी, उक्त मिसनमा आफ्नो कार्यकाल सफल रूपमा सम्पन्न गरी प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरूको टोली मंगलबार स्वदेश फिर्ता भएको छ।
प्रकाशित: २३ भदौ २०८३ १७:५४ | Tuesday, September 8, 2026
प्रतिक्रिया


