धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, त्यसपछि आत्मह*त्या

हिमाल प्रेस ८ कार्तिक २०८३ ९:०४ | Sunday, October 25, 2026
6
SHARES
धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, त्यसपछि आत्मह*त्या

जनकपुरधाम– धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या पश्चात् श्रीमान्ले पनि आत्महत्या गरेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित ससुरालीमा गएर आफ्नी ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट् यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए ।

प्रहरीका अनुसार उमेश कात्तिक ७ गते राति करिब ९ बजे ससुराली पुगेको र सोही राति करिब १ः५० बजे श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरेर फरार भएका थिए । प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकास खनालका अनुसार घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा गएको टोली घटनास्थल पुगि हेर्दा रिनाको घाँटीमा धारिलो हतियारले काटिएको र उनी घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिइन् । छोरा सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको अवस्थामा थियो । उनका अनुसार छोरालाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ। घटनापछि फरार रहेका उमेशको खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ ९:०४ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast