चितवन- नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न अधिवेशनले न्यौपानेको सभापतित्वमा नयाँ समिति चयन गरेको हो।
नेपाली कांग्रेस केन्द्रीय सदस्य जितनारायण श्रेष्ठका अनुसार भरतपुर महानगरको निर्वाचनमा एक हजार ३३५ मतदाता रहेकामा एक हजार २३२ जनाले मतदान गरेका थिए। विजयी न्यौपानेले ६६० मत प्राप्त गर्दा भने प्रतिद्वन्द्वी ज्योतिप्रसाद कँडेलले ४१३ मत प्राप्त गरे।
प्रकाशित: ८ असोज २०८३ ९:२५ | Thursday, September 24, 2026
प्रतिक्रिया


