काठमाडौँ- नेपालगन्जबाट डोल्पा उडेको सीता एयरको जहाजको ल्यान्ड हुने क्रममा चक्का खुस्किएको छ। डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा जहाजको दायाँतर्फको चक्का खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक पदम रावलले हिमाल प्रेसलाई जानकारी दिए।
१३ यात्रु बोकेको जहाजमा अन्य केही समस्या नदेखिएको कारण यात्रु र जहाज सुरक्षित रहेको उनले जानकारी दिए। बिहान ८ः४५ मा जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएको हो।
प्रकाशित: ८ असोज २०८३ १०:०६ | Thursday, September 24, 2026
प्रतिक्रिया


