ज्यामिरेमा पन्छाइयो पहिरो, खुल्यो पृथ्वी राजमार्ग

हिमाल प्रेस ८ असोज २०८३ ८:२९ | Thursday, September 24, 2026
6
SHARES
ज्यामिरेमा पन्छाइयो पहिरो, खुल्यो पृथ्वी राजमार्ग फाइल तस्बिर

काठमाडौँ- पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ स्थित कृष्णभीर नजिकै र वडा नम्बर ९ को ज्यामिरे भन्ने स्थानमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।

अविरल वर्षापछि यी दुई स्थानमा लेदोसहित पहिरो खसेका कारण शुक्रबार बिहान राजमार्ग एकतर्फी सञ्चालनमा थियो । यसअघि १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमागर्ग अवरुद्ध बनेको थियो ।

 

 

प्रकाशित: ८ असोज २०८३ ८:२९ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast