सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू। तस्बिर : रासस
काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान भएको संघीय संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा श्रममन्त्री रामजी यादवले ‘बालश्रम-निषेध तथा नियमित गर्ने विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्य सूची छ।
त्यसैगरी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता’ पेस गर्नेछन्।
कानुनमन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र संघीय सामुदायिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए


