प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक

हिमाल प्रेस ८ असोज २०८३ १७:०७ | Thursday, September 24, 2026
6
SHARES
प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक

काठमाडौँ- नेपाल प्रहरीले असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गसहित विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

पृथ्वीराजमार्ग भएर सञ्चालन हुने सवारीसाधन पनि बिहीबार बेलुका ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर वर्षा भइरहेकाले सिद्धिचरण लोकमार्गमा असोज १२ गतेसम्म बेलुकी ६ः०० देखि विहान ६ः०० बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवतजावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।

मकवानपुर जिल्लाका कान्तिराजमार्ग, भैँसे–भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सडक पनि बेलुका ७ः०० देखि सवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको छ।

त्यसैगरी बीपी राजमार्ग पनि बेलुकी ५ः०० देखि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणगढ–मुग्लिन सडकखण्डमा पनि बेलुका ८ः०० देखि भोलि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: ८ असोज २०८३ १७:०७ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast