ग्यासको समस्या समाधान गर्न गम्भीरताका साथ काम गरिरहेका छौँ : मन्त्री साह

हिमाल प्रेस ८ असोज २०८३ १७:४१ | Thursday, September 24, 2026
ग्यासको समस्या समाधान गर्न गम्भीरताका साथ काम गरिरहेका छौँ : मन्त्री साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार पारेको बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री साहले समग्र आपूर्ति प्रणालीलाई व्यवस्थित गर्न तथा ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार पारेको बताए।

हाल भन्सार क्लियरेन्सको समय छोट्याउन अर्थ मन्त्रालय, बाटोको जाम व्यवस्थापनका लागि गृह मन्त्रालय र नियमित आउने १०० बुलेट ग्यासलाई अस्थायी रूपमा हप्ताको १६० बुलेटसम्म पु¥याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिएको उनले जानकारी दिए।

उनले हाल मुलुकमा पेट्रोल, डिजेल र हवाई इन्धनको कुनै पनि अभाव नरहेको स्पष्ट पारे। उनले ढुवानी, भण्डारण, वितरण र प्रशासनिक खर्चमा मितव्ययिता अपनाई अनावश्यक खर्च कटौती गर्ने तथा मौज्दात व्यवस्थापनलाई वैज्ञानिक बनाइने उल्लेख गरे।

उनले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरणका लागि मूल्य स्थिरीकरण कोष सञ्चालन नियमावली, २०७१ (संशोधित सहित) बमोजिम स्रोतको परिचालन गरिएको जानकारी दिए। मूल्य निर्धारणमा लागत संरचना, अन्तर्राष्ट्रिय बजार मूल्य, विनिमय दर तथा कर र शुल्कको प्रभावलाई पारदर्शी रूपमा विश्लेषण गर्ने गरिएको उनको भनाइ छ।

प्रकाशित: ८ असोज २०८३ १७:४१ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast