एसियन गेम्स : जोरा र बमको आक्रामक अर्धशतकमा जापानलाई नेपालले दियो १५० रनको लक्ष्य

हिमाल प्रेस १० असोज २०८३ ८:१९ | Saturday, September 26, 2026
6
SHARES
एसियन गेम्स : जोरा र बमको आक्रामक अर्धशतकमा जापानलाई नेपालले दियो १५० रनको लक्ष्य

काठमाडौँ- एसियन गेम्स पुरुष क्रिकेट अन्तर्गत जापानसँगको खेलमा नेपालले १५० रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ रोजेको नेपालले ४ विकेट गुमाएर १५ ओभरको वर्षा प्रभावित खेलमा १४९ रन बनायो।

नेपालका लागि सन्दीप जोरा र लोकेश बमले आक्रमक अर्धशतक बनाए। बमले २२ बलमा ५२ रनको अविजित पारी खेल्दा जोराले ३२ बलमा ५७ रनमा अविजित नै रहे। बमले छ छक्का र एक चौका प्रहार गरे भने जोराले ३ छक्का र ५ चौका हाने। यसअघिका ब्याटरले भने खासै उल्लेखीय मद्दत गर्न सकेनन्। ओपनर कुशल भुर्तेल १२ बलमा ४ बनाएर बाहिरिँदा आसिफ सेख १५ बलमा २१ रन थप्न सफल भए। कुशल मल्ल २ रनमा आउट हुँदा गुल्सन झा ६ बलमा २ रनमा बाहिरिए।

जापानका लागि रियो साकुरितो थोमस १, इब्राइम ताकाहासी, ज्याक कुसादा नाइम र डेक्याम सुजुकी म्याक कम्बोले समान १।१ विकेट लिए। अबको केहीबेरमा नेपाल बलिङमा उत्रनेछ। नेपालले समूह चरणको यो दोस्रो तथा अन्तिम खेल खेलेको हो। शुक्रबार टेस्ट टिम अफगानिस्थानमाथि पनि सहज निकालेको नेपाल आज जित निकालेमा समूह विजेता बन्दै क्वाटरफाइनल प्रवेश गर्नेछ।

प्रकाशित: १० असोज २०८३ ८:१९ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast