एसीसी प्रिमियर कपको फाइनल खेल आज : उपाधिका लागि यूएईसँग भिड्दै नेपाल

हिमाल प्रेस २७ भदौ २०८३ ६:२३ | Saturday, September 12, 2026
एसीसी प्रिमियर कपको फाइनल खेल आज : उपाधिका लागि यूएईसँग भिड्दै नेपाल

काठमाडौँ- मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ। आज नेपाली समयअनुसार ७ः१५ देखि सुरु हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) र नेपाल लगातार दोस्रोपटक भिड्दैछन्। आजको खेलमा जो विजयी हुन्छ, ऊ आगामी एसिया कपमा सहभागी हुन पाउने छ।

नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसीसी प्रिमियर कप च्याम्पियन टोली थियो। सन् २०२४ मा आयोजना भएको प्रिमियर कप टी–२० फम्र्याटमा खेलाइएको थियो। समूह चरणको ए समूहमा परेको नेपाल एक हार र दुई जितसहित सेमिफाइनल पुगेको थियो भने यूएई हालसम्म अपराजित छ।

नेपाल र यूएईबीचको विगत

एकदिवसीय अन्तर्राष्ट्रिय हालसम्म नेपाल र यूएईबीच १९ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ११ र यूएईले ८ खेलमा जित निकालेको इतिहास छ।

यूएईसँग खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ। नेपालले यूएईविरुद्ध अन्तिमपटक गत मे महिनामा खेलेको थियो।

उक्त आईसीसी विश्वकप लिग–२ शृंखलाको खेलमा नेपाल ६ रनले विजयी भयो। सोही शृंखलाको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो। नेपाल सोही प्रदर्शन शनिबार हुने फाइनलमा पनि कायमै राख्ने योजनामा छ।

प्रकाशितस् २६ भदौ २०८३ १६स्१४ ्र ँचष्मबथ, क्भउतझदभच ज्ञ

प्रकाशित: २७ भदौ २०८३ ६:२३ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast