एसीसी प्रिमियर कप : आसिफको शतकमा यूएईविरुद्ध नेपालको बलियो योगफल

हिमाल प्रेस २७ भदौ २०८३ ११:१५ | Saturday, September 12, 2026
एसीसी प्रिमियर कप : आसिफको शतकमा यूएईविरुद्ध नेपालको बलियो योगफल

काठमाडौँ- ओपनर आसिफ शेखको शतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएई विरुद्ध बलियो योगफल खडा गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रनको लक्ष्य दिएको दिएको हो।

आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। गुल्शन झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए। अर्का ओपनर अर्जुन कुमाल ४३ मा रनआउट हुँदा पूर्वकप्तान रोहित पौडेलले ४० रन थपे। दीपेन्द्रसिंह ऐरीले १८ रन बनाउँदा बसिर अहमदले १५ रनको पारी खेले।

यूएईका लागि इबरार अहमदले ४ विकेट लिँदा खुजाइमा बिन तनभिरले २ विकेट लिए भने हैदर अली, अदीब उसमानीले १(१ विकेट लिए ।

फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ ।

प्रकाशित: २७ भदौ २०८३ ११:१५ | Saturday, September 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast