काठमाडौँ- काठमाडौँबाट मोटरसाइकल चोर्ने ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ७ घर भई काठमाडौं, चन्द्रागिरी नगरपालिका १२ बस्ने वर्ष २७ को नारायण तामाङ, धादिङ, गजुरी गाउँपालिकाकै २२ वर्षीय आकाश तामाङ र सोही स्थानका २१ वर्षीय वेलबहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
चन्द्रागिरी नगरपालिका ९ मच्छेगाँउस्थित घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको भन्ने सूचना प्राप्त भई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोली मोटरसाइकल खोजतलास गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका १ गोकुलपाटीबाट लक तोड्न प्रयोग गरिरहेको अवस्थामा फेला परेको हो। उनीहरूलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



