फाइल तस्बिर।
काठमाडौँ– अविरल वर्षाले देशका मुख्यराजमार्ग छिन्नभिन्न भएका छन्। वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन्।
रामेछापको मन्थली नगरपालिका–६ हातिटारमा मन्थली–खुर्कोट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
मनाङको नासो गाउँपालिका–३ खोत्रोमा चामे बेसीसहर सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
म्याग्दी रघुगंगा गाउँपालिका–२ बैसरीमा बेनी–जोमसोम सडकखण्ड पहिरो अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर–बेनी–जोमसोम सडकमा पनि पहिरो गएको छ । यस्तै विभिन्न सडकखण्डमा पहिरो जाँदा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित: १० असोज २०८३ ७:५२ | Saturday, September 26, 2026
प्रतिक्रिया



