काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आगामी १७ असोजमा बस्ने भएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौँको वनस्थली चमतीस्थित घण्टीघरमा दिउँसो ३ बजे बस्नेछ।
बैठकमा उपस्थित हुन सबै केन्द्रीय समिति सदस्यलाई अनुरोध गरिएको छ। बैठकका लागि हालसम्म कुनै एजेन्डा सार्वजनिक गरिएको छैन।
प्रकाशित: १४ असोज २०८३ १२:५९ | Wednesday, September 30, 2026
प्रतिक्रिया



