आँधीखोलामा नुहाउने क्रममा बगिन् महिला, खोजी गर्दा ढुंगामा अड्किएको अवस्थामा भेटियो शव

हिमाल प्रेस ३० भदौ २०८३ ९:५१ | Tuesday, September 15, 2026
आँधीखोलामा नुहाउने क्रममा बगिन् महिला, खोजी गर्दा ढुंगामा अड्किएको अवस्थामा भेटियो शव प्रतीकात्मक तस्बिर।

स्याङ्जा- ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको निधन भएको छ ।

वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए।

उनका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ –१३ शान्तिघाटस्थित आँधीखोलामा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ।

प्रकाशित: ३० भदौ २०८३ ९:५१ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast