युवा अभियन्ता दिवाकर अर्याल उज्यालो पार्टी, पार्टी प्रवेशसँगै बने महासचिव

हिमाल प्रेस ३० भदौ २०८३ ९:४७ | Tuesday, September 15, 2026
युवा अभियन्ता दिवाकर अर्याल उज्यालो पार्टी, पार्टी प्रवेशसँगै बने महासचिव

काठमाडौँ- युवा अभियन्ता अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन् । अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा नियुक्त गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् ।

उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद छटोट, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरे । घिसिङले युवा साथीहरूको अनुभव र क्षमताका हिसाबले नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको बताए । आगामी दिनमा पनि देश निर्माणका लागि जागरुक अरु युवाहरूसँग पनि सहकार्य गर्न उज्यालो नेपाल पार्टी तयार रहेको उनको भनाइ छ । देशमा व्याप्त हरेक क्षेत्रको अँध्यारो हटाएर उज्यालो ल्याउनका लागि अब आफुहरूले नेतृत्व लिने घिसिङको दाबी छ ।

नवनियुक्त महासचिव दिवाकर अर्यालले उज्यालो नेपाल पार्टी नेतृत्वमा विभिन्न विषयका विज्ञहरूसँगै अनुभवी र खारिएका युवाहरू पनि जोडिएकाले देश विकासका लागि उत्तम विकल्प भएको दाबी गरे ।

प्रकाशित: ३० भदौ २०८३ ९:४७ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast