सदनमा किन उपस्थित भएर हिँड्छन् सांसद? आशिका तामाङले दिइन् यस्तो जबाफ

हिमाल प्रेस २७ साउन २०८३ ७:१३ | Wednesday, August 12, 2026
सदनमा किन उपस्थित भएर हिँड्छन् सांसद? आशिका तामाङले दिइन् यस्तो जबाफ

काठमाडौँ- प्रतिनिधिसभामा गठपुरक संख्या नपुगेर विधेयक अलपत्र भएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले आफ्नो बचाउ गरेकी छन्।  मंगलबार सदनमा सांसदहरूको उपस्थिति न्यून भएर महत्त्वपूर्ण विधेयक निर्णयार्थ पेस हुन सकेको थिएन। यसबारे आशिकाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू सदनमा उपस्थित हुन नसक्नुकाे कारण बताएकी छन्। उनले जनताका कुरा मन्त्रालयमा लिएर जानुपर्ने तर सुनुवाइ नहुँदा अलमलमा परिने गरेको बताएकी छन्।

‘हिजो सदनमा सांसदहरूको सङ्ख्या पुगेन रे? अब सांसदहरू सबै मन्त्रालयको ढोकामा कति खेर मन्त्री र सचिवलाई भेट्ने अनि गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ अनि पुग्छ त संख्या? सरकार फेरिए पनि प्रधानमन्त्री नयाँ आए पनि काम गर्ने कर्मचारीले हो। मन्त्रालयका सचिवहरूले अब हजुर ३ दिन सक्छौँ हामीले भनेको काम ३ महिना बितिसक्दा पनि दिनमा ३ पल्ट त मन्त्रालय नै काम होला कि तैपनि भनेर धाउनु पर्छ,’ उनले भनेकी छन् ।

जनताले भोगेका समस्या, गुनासा र मुद्दाहरू सबैभन्दा पहिले निर्वाचित सांसदकहाँ नै आउने भएकाले तिनको समाधानका लागि आफूहरू मन्त्रालय धाउन बाध्य हुनुपरेको उनको तर्क छ। तर मन्त्रालय पुग्दा पनि सहजै काम नहुने र अधिकारीहरूको असहयोग सहनुपर्ने पीडा उनले छताछुल्ल पारेकी छिन्। ुजनताको गुनासो र मुद्दा सबैभन्दा पहिले आफ्नो क्षेत्रको सांसदलाई आउँछ । गुनासो कहाँ लानेभन्दा सम्बन्धित कार्यालय र मन्त्रालय, फोन घुमाउनु पर्‍यो कोहीको अफ कोहीको व्यस्त, लागिहाल्यो भने हजुर मन्त्रालय नै आएर मन्त्रीलाई भन्नुस् न भन्नुहुन्छ, जानै पर्‍यो मन्त्रीलाई मा एकछिन कुर्ने पर्‍यो१ किनकि मन्त्रीज्यू अर्को बैठकमा व्यस्त हुनुहुन्छ, उनले लेखेकी छन् ।

 

प्रकाशित: २७ साउन २०८३ ७:१३ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast