‘पार्वती’को ट्रेलर : दिदीभाइ माया र अटिज्म किशोरीको व्यथाको कथा

हिमाल प्रेस ६ भदौ २०८३ ७:५० | Saturday, August 22, 2026
‘पार्वती’को ट्रेलर : दिदीभाइ माया र अटिज्म किशोरीको व्यथाको कथा

काठमाडौँ- नायिका नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा दिदीभाइको मायालाई देखाइएको छ। फिल्ममा अभिनेत्री नीता ढुङ्गाना दिदी र अशोक दर्जी भाइका रूपमा देखिन्छन्।अटिजम भएकी दिदीको माया र भाइको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ।
अटिजम भएकी छोरीलाई बाउले स्कुल भर्ना गर्दा उसलाई जिस्क्याउछँन् । जिस्क्याएपछि कुट्छिन् । त्यसपछि उनलाई अनेक लान्छना लगाउँछन् ।

अभिनेत्री नीताकै निर्देशन रहेको फिल्म नीता र अशोकका अलवा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य भूमिका छ ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ । फिल्मको कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् । फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पारेका हुन् ।

प्रकाशित: ६ भदौ २०८३ ७:५० | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast