काठमाडौँ- फिल्म ‘पार्वती’ले एक सातामा डेढ करोड बढी कमाइ गरेको छ। चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ सम्मको व्यवसायलाई लिएर सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा फिल्मको आम्दानी १ करोड ५८ लाख ८४ हजार १३७ भएको उल्लेख छ।
यो अवधिमा फिल्मलाई ५४ हजार ७३५ जनाले हेरेका छन्। अभिनेत्री नीता ढुंगानाको निर्देशन रहेको फिल्म ‘पार्वती’ अटिजम भएकी एक महिला पात्रको कथालाई केन्द्रमा राखेर बनेको हो।
फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय छ।
प्रकाशित: २२ भदौ २०८३ १४:०६ | Monday, September 7, 2026
प्रतिक्रिया


