निताको ‘पार्वती’मा दीपाश्री र अशोक दर्जी पनि देखिने

हिमाल प्रेस १७ वैशाख २०८३ १०:०५ | Thursday, April 30, 2026
6
SHARES
निताको ‘पार्वती’मा दीपाश्री र अशोक दर्जी पनि देखिने

काठमाडौँ- निता ढुंगाना अभिनीत फिल्म ‘पार्वती’को छायांकन सकिएको छ। निर्माण पक्षले २२ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी दिएछ । निताकै फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म गत चैत २४ गतेबाट फ्लोरमा निस्किएको थियो। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायांकन थालिएको फिल्मलाई अभिनेत्री तथा निर्मात्री ढुङ्गानाले निर्देशन गरेकी छन् ।

फिल्मको मुख्य भूमिकामा निता आफै छिन् । निताका अलवा फिल्ममा दीपाश्री निरौला,अशोक दर्जी,सिरु बिष्ट,राधिका कँडेल,राज पंगेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतकाने अपभनय छ ।

निर्देशक ढुंगानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन््। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्।

हरिहर अधिकारी निर्माता रहेको फिल्म भदौ १२ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिइसकेको छ ।

प्रकाशित: १७ वैशाख २०८३ १०:०५ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast