विदुर पुगे प्रधानमन्त्री शाह

हिमाल प्रेस ११ भदौ २०८३ १२:४९ | Thursday, August 27, 2026
विदुर पुगे प्रधानमन्त्री शाह प्रधानमन्त्री बालेन।

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन बिहीबार नुवाकोटको विदुर पुगेका छन्।

राससका अुनसार प्रधानमन्त्री शाह सडकमार्गबाट विदुर आएका हुन्। प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा छन्।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी छन्। उनीहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका छन्।

प्रकाशित: ११ भदौ २०८३ १२:४९ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast