तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हिमाल प्रेस १७ साउन २०८३ ८:५५ | Sunday, August 2, 2026
4
SHARES
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

नवलपुर- नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन् ।

सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारको क्रममा मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ वस्ने ३६ वर्षीय कमल रानाको उपचार भई रहेको छ ।
भारतीय नम्बर प्लेटको UP 57 BP 4162 नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित: १७ साउन २०८३ ८:५५ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast