संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विचार गर्न राष्ट्रियसभाको स्वीकृति

हिमाल प्रेस २७ साउन २०८३ १७:४० | Wednesday, August 12, 2026
4
SHARES
संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि विचार गर्न राष्ट्रियसभाको स्वीकृति

काठमाडौँ- राष्ट्रियसभाले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

उनले नेपालमा पशुपन्छी तथा मत्स्य क्षेत्रमा देखिने महामारीजन्य रोग नियन्त्रण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताइन्।

प्रस्तावमाथिको छलफलमा प्रेमप्रसाद दङ्गाल, युवराज शर्मा, मदनकुमारी शाह (गरिमा), नारायणदत्त मिश्र, रुक्मिणी कोइराला, विष्णुकुमारी सापकोटा, श्रीकृष्णप्रसाद अधिकारी, बासुदेव घिमिरे, भुवनबहादुर सुनुवार र धर्मेन्द्र पासवानले भाग लिए।

बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गरे।

राष्ट्रियसभाको अर्को बैठक साउन २८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने छ।

प्रकाशित: २७ साउन २०८३ १७:४० | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast