बाढीपीडित राहत कोषमा दुई महिनाको तलब दिने सांसद समीक्षा बाँस्कोटाको घोषणा

हिमाल प्रेस १० भदौ २०८३ १५:०८ | Wednesday, August 26, 2026
बाढीपीडित राहत कोषमा दुई महिनाको तलब दिने सांसद समीक्षा बाँस्कोटाको घोषणा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले आफ्नो दुई महिनाको तलबभत्ता बाढीपीडित राहत कोषमा सहयोग गर्ने घोषणा गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बाँस्कोटाले बाढीपीडितका लागि तत्काल राहत कोष स्थापना गर्न सरकारसँग आग्रह गरिन्। उनले उक्त कोषमा राष्ट्रसेवक कर्मचारी तथा सबै तहका जनप्रतिनिधिका तर्फबाट समेत सहयोग रकम संकलन गर्नुपर्ने बताइन्।

बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिँदै उनले आफूले पाउने दुई महिनाको तलबभत्ता राहत कोषमा जम्मा गर्ने घोषणा गरेकी हुन्।

प्रकाशित: १० भदौ २०८३ १५:०८ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast