पोखरा- पोखरा महानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिकाका परिवारका लागि पाँच ट्रक राहत सामग्री पठाएको छ।
त्यहाँ प्रभावित १६५ परिवारका लागि भान्सामा आवश्यक खाद्यान्न, लत्ताकपडा, बिस्तारा, भाँडाकुँडालगायतका अत्यावश्यक सामग्रीको सेट तयार गरी पठाइएको महानगरले जनाएको छ।
राहत सामग्री बोकेका ५ ट्रक र नगर प्रहरीको १ भ्यान गरी ६ सवारीसाधनमा २३ जना चालक, कर्मचारी तथा नगर प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।
यसैगरी, महानगरपालिकामा संकलित औषधी नेपाली सेनाको विजयपुर ब्यारेकमार्फत प्रभावित क्षेत्रसम्म पु¥याउने व्यवस्था गरिएको जनाइएको छ।
यसअघि, महानगरले स्वास्थ्यकर्मी तथा नगर प्रहरीको टोली धादिङका विभिन्न स्थानमा परिचालन भई उद्धार तथा स्वास्थ्य सेवा प्रदान गरेको थियो।
प्रकाशित: २७ भदौ २०८३ १६:५६ | Saturday, September 12, 2026
प्रतिक्रिया


