रास्वपा बैठकमा मन्त्रीको गुनासो- आफ्नै सांसदले सरकारको विरोध गर्दा विपक्षी बलियो भयो

हिमाल प्रेस ३ भदौ २०८३ १३:५९ | Wednesday, August 19, 2026
12
SHARES
रास्वपा बैठकमा मन्त्रीको गुनासो- आफ्नै सांसदले सरकारको विरोध गर्दा विपक्षी बलियो भयो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दलको बैठकमा मन्त्रीहरूले आफ्नै सांसदहरूले प्रतिपक्षको जस्तो व्यवहार गर्दा सरकार सञ्चालनमा समस्या भएको गुनासो गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेले बुधबार बोलाएको दलको बैठकमा गृहमन्त्री सुधन गुरुङले आफ्नै सांसदहरूबाट सरकारको विरोध हुने गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार गुरुङले लामिछानेलाई सम्बोधन गर्दै भने,‘हाम्रै माननीयज्यूहरूले सरकारको विरोध गर्दा विपक्षी बलियो हुन थाल्यो। घरको झगडा घरभित्रै राखौँ, सदनमा विरोध नगरौँ।’

गृह मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो वा समस्या भए आफूलाई नभई स्वकीय सचिव जेम्स कार्कीमार्फत जानकारी गराउन पनि गुरुङले सांसदहरूलाई आग्रह गरेका थिए।

‘गृह मन्त्रालयसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई भेटेर टिपाउनुहोला’ भन्ने उनको भनाइ थियो।

बैठकको सुरुवात गर्दै सभापति लामिछानेले पनि सांसदहरूलाई पार्टी र सरकारको विषयमा मर्यादित ढंगले प्रस्तुत हुन निर्देशन दिएका थिए।

संसदीय अभ्यासमा दलका नेताले आफ्ना सांसदहरूको गतिविधि र भूमिकामाथि समन्वय तथा निगरानी राख्ने अपेक्षा गरिन्छ। तर रास्वपा संसदीय दलका नेता वालेन्द्र शाह भने बुधबारको बैठकमा सहभागी भएनन्।

शाहलाई प्रधानमन्त्री बनाउने उद्देश्यसहित संसदीय दलको नेता चयन गरिएको बैठकबाहेक उनले अहिलेसम्म संसदीय दलको बैठक बोलाएका छैनन् भने नियमित बैठकमा सहभागिता पनि जनाएका छैनन्।

प्रकाशित: ३ भदौ २०८३ १३:५९ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast