‘बलात्कार र झापडमा फरक छैन’ भन्ने भिडियो भाइरल बनेपछि कानुनमन्त्रीले भनिन् : घृणा गर्नेले बदनाम गर्न खोजे

हिमाल प्रेस ७ भदौ २०८३ १३:४५ | Sunday, August 23, 2026
‘बलात्कार र झापडमा फरक छैन’ भन्ने भिडियो भाइरल बनेपछि कानुनमन्त्रीले भनिन् : घृणा गर्नेले बदनाम गर्न खोजे

काठमाडौँ- कानुनमन्त्री सोबिता गौतमको कुनै बेलाको ‘बलात्कार र झापडमा फरक छैन’ भन्ने भिडियो अन्तर्वार्ता भाइरल भएपछि स्पष्टीकरण दिएकी छन्। उनले आफूलाई घृणा गर्नेहरू र राजनीतिक विरोधीहरूले बद्नाम गर्न खोजेको बताएका छन्। मन्त्री गौतमले ‘निकै सानो उमेरमा बोलेका शब्दलाई सन्दर्भ’ भन्दै आफ्नो आसय गलत नभएको उल्लेख गरेकी छन्।

‘धेरै पटक भनिसकेँ र आज पनि फेरि स्पष्टसँग भन्छु, बलात्कार कहिल्यै सामान्य होइन। कहिल्यै स्वीकार्य हुन सक्दैन । त्यसबेला मैले भन्न खोजेको कुरा अर्कै थियो। हिंसामा परेकी महिलालाई समाजले फेरि लज्जा, दोष र सामाजिक बहिष्कारको सजाय नदेओस्। अपराधको लाज पीडितले होइन, अपराधीले बोक्नुपर्छ। पीडितले कानुनी न्याय पाउनै पर्छ तर सँगै आफ्नो जीवन, आत्मसम्मान र आवाज यति निर्भयका साथ उठाउन सकुन र यसरी आफुले आफुलाई बलियो बनाउन की कुनै सामाजिक लान्छनाले पनि उनीहरूलाई हल्लाउन नसकोस् भन्ने आशय र भाव थियो । जीवनमा कुनै छोरी मान्छेले बलात्कार ठिक हो भन्न सक्दैन।’

उनले भनेकी छन्, ‘सायद १८/१९ वर्षको उमेरमा त्यो विचारलाई आजजस्तो स्पष्ट भाषामा भन्न सकिनँ। तर त्यसलाई बलात्कारको समर्थनका रूपमा प्रस्तुत गर्नु विलकुल गलत हो। मेरो आलोचना गर्नुस्। मेरो काममाथि प्रश्न गर्नुस्। सरकारलाई जवाफदेही बनाउनुस्। त्यो नागरिकको अधिकार हो र लोकतन्त्रको शक्ति पनि।’ उनले भनेकी छन्।

प्रकाशित: ७ भदौ २०८३ १३:४५ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast