प्रतिनिधिसभाको बैठक बस्दै

हिमाल प्रेस २६ साउन २०८३ ६:२४ | Tuesday, August 11, 2026
10
SHARES
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

मंगलबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ।

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ।

विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ। सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ।

प्रकाशित: २६ साउन २०८३ ६:२४ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast