‘सरकारको बाचा अनलाइनमा, जनता लाइनमा’

हिमाल प्रेस २६ साउन २०८३ १५:२३ | Tuesday, August 11, 2026
‘सरकारको बाचा अनलाइनमा, जनता लाइनमा’ प्रतिनिधिसभाको मंगलबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरे पनि नागरिकले भने अभाव र सास्ती भोगिरहेको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले सरकारको दाबी र नागरिकले भोगिरहेको वास्तविकताबीच ठूलो अन्तर देखिएको बताइन्। उनले सरकार सेवा प्रवाह र व्यवस्थापनमा कमजोर देखिएको आरोप लगाइन्।

‘केही समयअघि सरकारले लाइन हैन, अब अनलाइन भनेको थियो । तर अहिले ग्यासदेखि पासपोर्टसम्म जनता लाइनमा छन्,’ उनले भनिन्, ‘सरकारको नारा नै सरकारलाई गिज्याइरहेको छ।’

ग्यासलगायत अत्यावश्यक वस्तुको वितरण प्रणाली प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै उनले नागरिकले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन्।

‘आपूर्ति प्रणाली सही छ भने वितरण किन अस्तव्यस्त छ ?’ उनले प्रश्न गरिन्।

पछिल्ला केही सातायता देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको अभाव बढेको छ। सरकारले ग्यासको आपूर्तिमा कमी नरहेको दाबी गर्दै आए पनि उपभोक्ताहरू भने ग्यासका लागि लामो समयसम्म लाइनमा बस्न बाध्य भइरहेका छन्। गुरुङले यस्तो अवस्था तत्काल अन्त्य गरी सहज र प्रभावकारी वितरण व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्।

प्रकाशित: २६ साउन २०८३ १५:२३ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast