इजिप्टमा भूकम्प

हिमाल प्रेस १८ साउन २०८३ ११:१८ | Monday, August 3, 2026
4
SHARES
इजिप्टमा भूकम्प

इजिप्टको तटीय क्षेत्रमा सोमबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकन जियोलोजिकल सर्भे ९यूएसजीएस०का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ३ बजे गएको हो ।

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु बन्दरगाह सहर क्गभशबाट करिब ३६ किलोमिटर उत्तर–पूर्वमा रहेको थियो। यता, जर्मन रिसर्च सेन्टर फर जियो साइन्सेजले भने भूकम्पको तीव्रता ५.४ म्याग्निच्युड मापन गर्दै यसको गहिराइ करिब १० किलोमिटर रहेको जनाएको छ।

अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको पुष्टि भएको छैन। मानवीय सहायता संस्थाहरूले बाहिरी वा भित्री संरचनामा क्षति पुगेको आशंका भएका भवनमा प्रवेश नगर्न तथा त्यस्ता भवनमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

उत्तर-पूर्वी अफ्रिकामा अवस्थित इजिप्टमा ठूलो भूकम्प विरलै जाने गर्छ। आधुनिक इतिहासमा देशकै सबैभन्दा ठूलो भूकम्प सन् १९९२ को अक्टोबरमा गएको थियो। त्यसबेला ५.८ म्याग्निच्युडको भूकम्पले राजधानीलाई प्रभावित पार्दा ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रकाशित: १८ साउन २०८३ ११:१८ | Monday, August 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast