जाजरकोट- जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ८ मिनेट जाँदा जाजरकोटमा भूकम्प गएको हो ।
केन्द्रका अनुसार जाजरकोटको कल्सेनी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का जाजरकोट र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।
यसअघि यही साउन १८ गते रोल्पाको लिवाङलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित: २६ साउन २०८३ ११:०३ | Tuesday, August 11, 2026
प्रतिक्रिया


