ज्ञानेन्द्र शाहीको गृहजिल्लामा धवलशमशेर नेतृत्वको जय नेपाल पार्टी गठन

हिमाल प्रेस १० असोज २०८३ ११:२७ | Saturday, September 26, 2026
ज्ञानेन्द्र शाहीको गृहजिल्लामा धवलशमशेर नेतृत्वको जय नेपाल पार्टी गठन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीको गृह जिल्ला जुम्लामा जय नेपाल पार्टीको तदर्थ जिल्ला कार्यसमिति गठन गरिएको छ । धवलशमशेर नेतृत्वको जय नेपाल पार्टीले अंगतप्रसाद देवकोटाको नेतृत्वमा समिति गठन गरेको हो।

उपसभापतिहरूमा लली शाह र पाण्डव शाही, सचिवमा राज गिरी, कोषाध्यक्षमा डिल्ली खत्री र सहसचिवमा खुम्बी रावल जुम्लामा सम्पन्न भेलाले चयन गरेको छ ।

राष्ट्रवादी नेता कालीबहादुर महतको अध्यक्षतामा र जय नेपाल पार्टीका केन्द्रीय सदस्यहरू बेदबहादुर शाही र मन्सुर सुनारको उपस्थितिमा सम्पन्न भेलाले जिल्ला सदस्यहरूमा पूर्णबहादुर खत्री, सगुन सार्की, लालबहादुर शाही, धन बहादुर सार्की, तुल तिरुवा, बजारे सार्की र गोर कामी चयन गर्‍यो ।

भेलामा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सदस्यहरूको सहभागिता रहेको थियो । भेलाले जिल्लामा पार्टी संगठनलाई थप व्यवस्थित, सुदृढ तथा प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरेर संगठन विस्तारमा अघि बढ्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य वेद बहादुर शाहीले बताए ।

प्रकाशित: १० असोज २०८३ ११:२७ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast