प्रधानमन्त्री शाहद्वारा बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण

हिमाल प्रेस ११ भदौ २०८३ १५:३५ | Thursday, August 27, 2026
14
SHARES
प्रधानमन्त्री शाहद्वारा बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण बाढी प्रभावित क्षेत्र नुवाकोटमा गत साता पुगेका प्रधानमन्त्री वालेन्द्र शाह।

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकनपश्चात् काठमाडौँ फर्किएको उनको सचिवालयले जनाएको छ।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका थिए।

बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका उनले विदुर र त्यस आसपासका बाढी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिएका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो।

यस क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बद्ध निकायहरूलाई निर्देशन दिए।

स्थलगत निरीक्षण र आवश्यक निर्देशनपश्चात् प्रधानमन्त्रीको टोली काठमाडौँ फर्किएको छ।

प्रकाशित: ११ भदौ २०८३ १५:३५ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast