‘बालेनले लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोजे, धुर्मुस-सुन्तलीकै अवस्था आउन सक्छ’

हिमाल प्रेस ४ भदौ २०८३ ११:५० | Thursday, August 20, 2026
‘बालेनले लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोजे, धुर्मुस-सुन्तलीकै अवस्था आउन सक्छ’

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन शाह सरकारलाई धुर्मुस-सुन्तलीको लोकप्रितासँग दाजेका छन्। उनले कुनैबेला धुर्मुस-सुन्तलीको लोकप्रिता एकदमै चर्चा रहेको तर विस्तारै कमजोर बनेको बताएका छन्।

‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा त्यति ठूलो परियोजना सुरु गर्नु अपरिपक्व कदम थियो। परिणाम— रकम अभाव र बढ्दो उधारोका कारण परियोजना संकटमा पर्यो र उनीहरू पलायन हुन बाध्य भए।’ उनले भनेका छन्।

हालको सरकारको कार्यशैली पनि ठ्याक्कै त्यस्तै दिशामा अघि बढिरहेको उनको भनाइ छ। ‘राजनीति लामो संघर्ष, समर्पण र राज्य सञ्चालनको कला तथा विज्ञान हो। केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता चलाउन खोज्दा आज मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको छ।’

उनले भनेका छन्,’स्पष्ट योजना र दूरदर्शिता बिना राज्यसत्तालाई स्वेच्छाचारी ढंगले सञ्चालन गर्ने हो भने, भोलि धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको बाटो रोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न। समयमै चेत खुलोस्!’

प्रकाशित: ४ भदौ २०८३ ११:५० | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast