राष्ट्रियसभा बैठकमा दुई मन्त्रीले दिनेछन् मौखिक प्रश्नको जबाफ

हिमाल प्रेस १७ असार २०८३ ८:४३ | Wednesday, July 1, 2026
6
SHARES
राष्ट्रियसभा बैठकमा दुई मन्त्रीले दिनेछन् मौखिक प्रश्नको जबाफ

काठमाडौँ- राष्ट्रियसभा बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने छन् ।

सदस्य रेनु चन्दले ‘प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित: १७ असार २०८३ ८:४३ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast