प्रदेश खारेज गर्ने दुस्साहस नगर्न श्रम संस्कृति पार्टीको चेतावनी

हिमाल प्रेस २२ असार २०८३ १४:५९ | Monday, July 6, 2026
10
SHARES
प्रदेश खारेज गर्ने दुस्साहस नगर्न श्रम संस्कृति पार्टीको चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका नाममा प्राप्त उपलब्धिलाई खारेज गर्ने प्रयास भए स्वीकार्य नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि खेलबाड गरिए वा प्रदेश खारेज गर्ने दुस्साहस गरिए स्वीकार्य नहुने चेतावनी दिए।

उनले संविधान संशोधन गर्ने नै हो भने महिलाहरूको हाल सुनिश्चित गरिएको एक–तिहाइ (३३ प्रतिशत) अधिकारलाई बढाएर ५० प्रतिशत पु¥याउनुपर्ने धारणा राखे।

संविधान संशोधनले पिछडिएका र उत्पीडित समुदायको अधिकारलाई थप सुदृढ गर्नुपर्ने उनको भनाइ छ। राईले लोकतन्त्रमाथि प्रहार गरिए सिंहदरबारका विरुद्ध पुनः विद्रोह हुने चेतावनीसमेत दिए।

सिंहदरबारले आफ्नो हितमा काम गरेको अनुभूति जनताले गर्न नपाएका कारण नै विगत २००७ सालदेखि हालसम्म निरन्तर विद्रोह हुँदै आएको उनको भनाइ छ।

प्रकाशित: २२ असार २०८३ १४:५९ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast