गोलबजार घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

हिमाल प्रेस १५ साउन २०८३ ५:३७ | Friday, July 31, 2026
4
SHARES
गोलबजार घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

जनकपुरधाम- सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक युवाको गोली लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ।

प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा गठित समितिमा प्रहरी निरीक्षक यशराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य छन्।

मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको उनले बताए।

प्रकाशित: १५ साउन २०८३ ५:३७ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast