नयाँ शिक्षकको सिटरोल प्रमाणीकरणका लागि यी कागजात माग

हिमाल प्रेस २४ असार २०८३ १५:३३ | Wednesday, July 8, 2026
10
SHARES
नयाँ शिक्षकको सिटरोल प्रमाणीकरणका लागि यी कागजात माग

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षक सेवा आयोगबाट सिफारिस भई स्थायी नियुक्ति भएका नयाँ शिक्षकहरूलाई सिटरोल प्रमाणीकरणका लागि आवश्यक कागजात पेस गर्न आग्रह गरेको छ।

किताबखानाले जारी गरेको सूचनाअनुसार नयाँ शिक्षकहरूले सिटरोल प्रमाणीकरण गराउँदा तोकिएको क्रमअनुसार सम्पूर्ण कागजात फाइल गरी पेस गर्नुपर्नेछ।

चारप्रति सिटरोल शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखबाट प्रमाणीकरण गरिएको हुनुपर्ने तथा प्रत्येक पानामा प्रमाणीकरण गर्ने अधिकारीको सही अनिवार्य रहने उल्लेख गरिएको छ। कमेन्ट गरिएको सिटरोल भने किताबखानाबाटै प्रमाणीकरण गरिने जनाइएको छ।

यसैगरी सिटरोल नम्बर कायम गर्न सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस पत्र, स्थायी नियुक्तिपत्र, सम्बन्धित पालिकाको पदस्थापन पत्र, विद्यालयमा हाजिर भएको पत्र, नागरिकताको प्रतिलिपि तथा शिक्षक र इच्छुक व्यक्तिको नागरिकता वा जन्मदर्ताको प्रतिलिपि पेस गर्नुपर्नेछ।

त्यसैगरी शिक्षक अध्यापन अनुमतिपत्रको प्रतिलिपि, सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्र, सपथ ग्रहण पत्र तथा निरोगिताको प्रमाणपत्र पनि अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

सबै कागजात नोटरी पब्लिकबाट प्रमाणीकरण गरिएको हुनुपर्नेछ। किताबखानाले उपलब्ध गराएको एक पाना व्यक्तिगत तथा नोकरी विवरण फाराम समेत अनिवार्य रूपमा भरेर पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: २४ असार २०८३ १५:३३ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast