शिक्षक सरुवा व्यवस्था तत्काल संशोधन गरियोस् : नवप्रवेशी तथा सरुवा पीडित शिक्षक

हिमाल प्रेस १० साउन २०८३ ११:१६ | Sunday, July 26, 2026
16
SHARES
शिक्षक सरुवा व्यवस्था तत्काल संशोधन गरियोस् : नवप्रवेशी तथा सरुवा पीडित शिक्षक

काठमाडौँ- नवप्रवेशी तथा सरुवा पीडित शिक्षक केन्द्रीय संघ समिति, नेपालले शिक्षा नियमावलीको १०औँ संशोधनमार्फत गरिएको शिक्षक सरुवासम्बन्धी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेको छ।

संघका संयोजक नेपाल भट्टराईद्वारा जारी विज्ञप्तिमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने उद्देश्यले ल्याइएको संशोधित नियमावलीले शिक्षकहरूको सरुवा व्यवस्थालाई थप जटिल बनाएको उल्लेख गरिएको छ।

संघका अनुसार देशभरका करिब ४० हजार शिक्षक लामो समयदेखि सरुवाको पर्खाइमा रहे पनि नयाँ व्यवस्थाले उनीहरूको समस्या समाधान गर्नुको सट्टा झन् अन्योल सिर्जना गरेको छ।

शिक्षकको व्यक्तिगत, पारिवारिक, स्वास्थ्य, भौगोलिक तथा सामाजिक अवस्थालाई बेवास्ता गरी सरुवा प्रक्रियालाई अव्यावहारिक बनाइएको आरोप लगाइएको छ। यसले शिक्षकको पेसागत मनोबल घट्ने र विद्यालय शिक्षाको गुणस्तरमा समेत नकारात्मक असर पर्ने संघको भनाइ छ।

संघले २०८३ साउन ९ गते गठन गरिएको शिक्षा नियमावली संशोधन विषयक विज्ञ समूह तथा योजना निर्माण कार्यदलले शिक्षकका वास्तविक समस्या र सरोकारलाई सम्बोधन गर्ने गरी नियमावली संशोधन गर्नुपर्ने माग गरेको छ।

शिक्षकको सहज र न्यायोचित सरुवाको सुनिश्चितताका लागि २०८२/८३ को शैक्षिक सत्रभित्रै आवश्यक निर्णय गर्न सरकारसँग आग्रह गरिएको छ।

संघले आफ्ना मागप्रति सरकारले गम्भीर ध्यान नदिए देशभरका सरुवा पीडित शिक्षकलाई संगठित गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।

प्रकाशित: १० साउन २०८३ ११:१६ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast