कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस, मुख्यमन्त्री कँडेलसँग पाँच मन्त्रालय

हिमाल प्रेस ३१ असार २०८३ १६:३४ | Wednesday, July 15, 2026
14
SHARES
कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस, मुख्यमन्त्री कँडेलसँग पाँच मन्त्रालय कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश मन्त्रिपरिषद् पुनर्गठन तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सरकारबाट बुधबार जारी पत्रअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को गठन, नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरिएको हो।

सिफारिसअनुसार मुख्यमन्त्री कँडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

त्यसैगरी, विनोद कुमार शाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको मन्त्री नियुक्त गर्न सिफारिस गरिएको छ।

यस्तै, शेरबहादुर बुढालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको मन्त्री तथा गमता विकलाई सोही मन्त्रालयको राज्यमन्त्री नियुक्त गर्न सिफारिस गरिएको पत्रमा उल्लेख छ।

मुख्यमन्त्री कँडेलले उक्त सिफारिस प्रदेश प्रमुखको कार्यालय, कर्णाली प्रदेश, सुर्खेतमा पठाएका हुन्।

प्रकाशित: ३१ असार २०८३ १६:३४ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast