प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति नसच्याएसम्म विरोध जारी रहन्छ : एमाले सांसद ठगुन्ना

हिमाल प्रेस ३० असार २०८३ १३:०२ | Tuesday, July 14, 2026
4
SHARES
प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति नसच्याएसम्म विरोध जारी रहन्छ : एमाले सांसद ठगुन्ना

काठमाडौँ- नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति फिर्ता नलिएसम्म आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्रीको अभिव्यक्ति त्यसको विपरीत रहेको दाबी गरे।

ठगुन्नाले प्रधानमन्त्रीले देशहित विपरीतको भनाइ सच्याउनुपर्नेमा जोड दिँदै त्यसो नभएसम्म संसद्‌मा विरोध कायम रहने बताए।

उनले भने, ‘प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुपर्छ। नसच्याएसम्म हाम्रो विरोध जारी रहन्छ।’

गत जेठ १७ गते संसद्‌मा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। ठगुन्नाले उक्त विषयमा विपक्षी दलले पटकपटक प्रश्न उठाए पनि सरकारले बेवास्ता गरेको आरोप लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast