काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
राष्ट्रपति भवनमा शुक्रबार अपराह्न भएको भेटमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्री थानी नेपालको तीनदिने भ्रमणका लागि बुधबार राति काठमाडौँ आएका थिए।
प्रकाशित: २६ असार २०८३ १७:५२ | Friday, July 10, 2026
प्रतिक्रिया



