नेपालका एसियन गेम्स क्रिकेटका प्रतिस्पर्धी जापान र अफगानिस्तान

हिमाल प्रेस ७ साउन २०८३ १३:१९ | Thursday, July 23, 2026
4
SHARES
नेपालका एसियन गेम्स क्रिकेटका प्रतिस्पर्धी जापान र अफगानिस्तान

काठमाडौँ- नेपाली क्रिकेट टोलीले एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा जापान र अफगानिस्तान समूह चरणमा प्रतिस्पर्धी पाएको छ।

बिहीबार एसियन गेम्सको क्रिकेटका लागि ड्र मा नेपाल समूह ‘ए’ मा रहदै अफगानिस्तान र जापानसँगै परेको हो।

प्रतियोगिताको थप प्रावधान र तालिका भने सार्वजनिक हुन बाँकी छ । नेपालले क्वाटरफाइनल प्रवेशका लागि कम्तीमा एक खेल जित्नुपर्नेछ । समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान परेका छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वाटरफाइनल खेल्ने छन् ।

हरेक समूहबाट शीर्ष २ टोली पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले यसअघि सन् २०२२ मा चीनमा भएको एसियन गेम्समा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसबेला नेपाल भारतसँग पराजित भएको थियो ।

यसपटक नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहेर एसियन गेम्समा स्थान बनाएको थियो ।

प्रकाशित: ७ साउन २०८३ १३:१९ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast