नेपाली यू-१९ महिला टोली एसिया कपमा छनोट

हिमाल प्रेस ३१ असार २०८३ १४:२१ | Wednesday, July 15, 2026
22
SHARES
नेपाली यू-१९ महिला टोली एसिया कपमा छनोट

काठमाडौँ– मलेसियामा जारी एसीसी यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा जापानलाई पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

यो सानदार जितसँगै नेपाल लगातार दोस्रो संस्करणका लागि यू-१९ महिला टी-२० एसिया कपमा आधिकारिक रूपमा छनोट हुन सफल भएको छ। जापानसँग सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

यो सानदार जितसँगै नेपाल लगातार दोस्रो संस्करणका लागि यू-१९ महिला टी-२० एसिया कपमा आधिकारिक रूपमा छनोट हुन सफल भएको छ। जापानसँग सहज जित निकाल्दै नेपाल छनोट भएको हो।
बुधबार मलेसियाको वाईएसडी यूकेएम ओभल मैदानमा जापानलाई ९ विकेटले हराउँदै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

जापानले प्रस्तुत गरेको ८७ रनको लक्ष्य नेपालले मात्र ११.२ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि सावित्री धामीले नटआउट रहँदै ४१ रन बनाइन् । उनले ३२ बलमा ७ चौका प्रहार गरिन्।

कप्तान सोनी पाख्रिन पनि २२ बलमा १८ रन बनाउँदै नटआउट रहिन्। उनले २ चौका प्रहार गरिन् । ओपनर साना प्रविणले १६ बलमा ३ चौकाको मद्दतले १८ रन बनाइन् ।

यसअघि, जापान निर्धारित २० ओभरमा ८६ रनमा अलआउट भएको थियो । टोलीका लागि कप्तान वियांका सिनोले सर्वाधिक ३८ रन बनाइन् । आयाने सकुराबा र किचो सुजुकीले समान १०-१० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जापानलाई सस्तोमा समेट्न रिया शर्मा र कृष्मा गुरुङले २-२ विकेट लिइन् । अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले १-१ विकेट हात पारे ।

 

 

प्रकाशित: ३१ असार २०८३ १४:२१ | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast