यू १९ एसिया कपमा छनोट हुन नेपालले ८७ रन बनाउनुपर्ने

हिमाल प्रेस ३१ असार २०८३ १३:२० | Wednesday, July 15, 2026
4
SHARES
यू १९ एसिया कपमा छनोट हुन नेपालले  ८७ रन बनाउनुपर्ने

काठमाडौँ- यू १९ एसिया कपमा छनोट हुन नेपालले ८७ रनको लक्ष्य पाएको छ।
एसीसी यू १९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८६ रन मात्र बनाउन सक्यो।

खेलको एक समय १४ ओभरमा ६४ रन जोड्दै मात्र २ विकेट गुमाएर बलियो स्थितिमा देखिएको जापान विरुद्ध नेपाली बलरहरूले उत्कृष्ट पुनरागमन गरे। त्यसपछिका ओभरहरूमा लगातार विकेट लिँदै नेपालले जापानलाई मध्यम योगफलमै रोक्न सफल भयो।

नेपाललाई ऐतिहासिक यू  १९ एसिया कपमा छनोट हुन र सेमिफाइनलमा पुग्न अब ८७ रनको आवश्यकता छ।

प्रकाशित: ३१ असार २०८३ १३:२० | Wednesday, July 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast