शिक्षक महासंघको राष्ट्रिय समिति बैठक साउन १४ गते, राष्ट्रिय परिषद् १६-१७ गते

हिमाल प्रेस १० साउन २०८३ १४:३९ | Sunday, July 26, 2026
162
SHARES
शिक्षक महासंघको राष्ट्रिय समिति बैठक साउन १४ गते, राष्ट्रिय परिषद् १६-१७ गते शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी

काठमाडौँ- नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको बैठक यही साउन १४ गते काठमाडौँको क्षेत्रपाटीस्थित जेपी (युद्धोदय पब्लिक) स्कुलको हलमा आयोजना हुने भएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बैठक बिहान ११:०० बजेदेखि सुरु हुनेछ। बैठकमा महासंघका पदाधिकारी तथा राष्ट्रिय समिति सदस्य, आबद्धसम्बद्ध संस्थाका अध्यक्ष र महासचिव तथा सल्लाहकारहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

महासंघको राष्ट्रिय समितिको कार्यालयद्वारा जारी सूचनाअनुसार बैठकमा समसामयिक शैक्षिक, संगठनात्मक तथा शिक्षक आन्दोलनसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसैबीच, नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् साउन १६ र १७ गते काठमाडौँको रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरमा आयोजना हुने महासंघले जनाएको छ।

महासंघका अध्यक्ष सुवेदीले राष्ट्रिय समिति बैठक र राष्ट्रिय परिषद्लाई सफल बनाउन सम्बन्धित सबै पदाधिकारी तथा प्रतिनिधिहरूलाई समयमै उपस्थित भई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

प्रकाशित: १० साउन २०८३ १४:३९ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast