आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्री र शिक्षामन्त्रीले जवाफ दिने कार्यसूची

हिमाल प्रेस १५ साउन २०८३ ६:१२ | Friday, July 31, 2026
14
SHARES
आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्री र शिक्षामन्त्रीले जवाफ दिने कार्यसूची फाइल तस्बिर

काठमाडौँ- संघीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे बस्ने भएको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

प्रकाशित: १५ साउन २०८३ ६:१२ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast