पूर्वअर्थमन्त्री विष्णु पौडेललाई फेरि पाँच दिन हिरासतमा राख्न म्याद थप

हिमाल प्रेस २४ असार २०८३ १७:३० | Wednesday, July 8, 2026
4
SHARES
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई फेरि पाँच दिन हिरासतमा राख्न म्याद थप

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार म्याद थपको आदेश दिएको हो।

पौडेलविरुद्ध चौथो पटक अदालतले म्याद थपको अनुमति दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ। यसअघि पौडेलपत्नी दोमाया पौडेलले आफ्ना श्रीमान्‌लाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

प्रकाशित: २४ असार २०८३ १७:३० | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast