काठमाडौँ- नेपाल सरकारले शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
शुक्रबार प्रकाशित सूचनाअनुसार आयोगको अध्यक्ष एक जना तथा एक जना महिलासहित दुई जना सदस्य पदमा उम्मेदवार छनोट गरी नियुक्ति गर्न इच्छुक योग्य व्यक्तिबाट दरखास्त मागिएको हो।
इच्छुक उम्मेदवारले २०८३ साउन १५ गते कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी शिक्षा मन्त्रालय र शिक्षक सेवा आयोगको वेबसाइटमा उपलब्ध गराइएको जनाइएको छ।
प्रकाशित: १ साउन २०८३ ५:५५ | Friday, July 17, 2026
प्रतिक्रिया

