तस्बिर : हिन्दुस्तान टाइम्स
काठमाडौँ- सोमबार २० वर्षीया छवि (परिवर्तित नाम) दिल्लीको एउटा मेट्रो स्टेशनबाहिर केही बेरका लागि रोकिइन्। छवि प्रधानमन्त्री नरेन्द्र मोदी सरकारविरूद्ध भइरहेको विरोध प्रदर्शनमा सहभागी हुन आएकी थिइन्।
उनले आफ्नो फोन रलिङको आडमा राखिन्, केही पछाडि सरिन् र छोटो ‘फिट चेक’ भिडियो रेकर्ड गरिन्। यसमा उनले प्रदर्शनमा जानुअघि आफ्नो पहिरन देखाएकी थिइन्।
उनले क्यामेरातिर मुस्कुराउँदै भनिन्,‘साथीहरू, पुलिसबाट कुटाइ खान जाँदैछु।’
केही घन्टापछि प्रहरीले अश्रुग्यास प्रहार गर्यो र लाठी चार्ज गर्यो। यसै क्रममा ककरोच जनता पार्टी (सीजेपी) का हजारौँ समर्थक संसद्तर्फ मार्च गरिरहेका थिए।
युवाहरूको नेतृत्वमा भएको यो आन्दोलन परीक्षामा भएका गडबडीविरूद्धको विरोधबाट सुरु भई सरकारको जवाफदेहीताको व्यापक अभियानमा परिणत भयो।
प्रदर्शनकारीहरू परीक्षाको प्रश्नपत्र लिक भएको मामिलामा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागी रहेका छन्। प्रधानले भने राजीनामा दिन अस्वीकार गरेका छन्।
विपक्षले राजनीतिक फाइदाका लागि विद्यार्थीहरूको प्रयोग गरिरहेको उनको आरोप छ।
सोमबार प्रशासनले प्रदर्शनस्थल वरपर मोबाइल इन्टरनेट सेवा बन्द गरिदिएको थियो। प्रहरीले प्रदर्शनमा बल प्रयोग गर्दै ठूलो संख्यामा प्रदर्शनकारीहरूलाई कुटपिट गरेको प्रदर्शनकारीको आरोप छ। यता प्रहरीले पनि ठूलो संख्यामा सुरक्षाकर्मी घाइते भएको बताएको थियो।
जब छविले त्यो साँझ आफ्ना भिडियोहरू अपलोड गरिन्, तब एउटा कुरा सबैभन्दा फरक देखियो–मार्च सुरू हुनुअघि उनले प्रहरीबाट कुटाइ खाने कुराम ठट्टा गरेकी थिइन्।
साँझको भिडियोमा उनी मुस्कुराइरहेकी थिइन्। छवि प्रहरीसँगै उभिएर तस्बिर खिचाइरहेकी थिइने, जितको संकेत (भी साइन) बनाइरहेकी थिइन्, भिडको बीचमा भिडियो रेकर्ड गरिरहेकी थिइन् र यहाँसम्म कि एक घाइते प्रदर्शनकारीको अन्तर्वार्ता पनि लिइरहेकी थिइन्।
यी ती हजारौँ रिल्स र मीम भिडियोहरूमा सामेल थिए, जसले इन्स्टाग्रामममा बाढीजस्तै ल्याइदिएका थिए।
केहीमा स्पष्ट रूपमा आक्रोश झल्किन्थ्यो। केही अन्योल, डर वा शान्त प्रतिरोधले भरिएका थिए। तर, सबैभन्दा बढी ध्यान तान्ने कुरा अक्सर तिनीहरूको व्यङ्ग्यात्मक शैली थियो।
सामाजिक सञ्जालमा ठट्टा गरिरहेका प्रयोगकर्ताहरू
एक युवती महिला प्रहरीहरूकै अगाडि उभिएर आरामले ओठमा लिपस्टिक लगाइरहेकी थिइन्। अर्कीले ठट्टा गर्दै भनिन्,‘प्रदर्शनमा राम्री देखिने कोसिस गरिरहेकी छिन्, किनभने सरकारले न्याय दिन सकेन।’
एउटा रिलको सुरुवात सामान्य ‘आउटफिट रिभिल’ भिडियोजस्तै भयो, तर अचानक दृश्य परिर्वन भएर अश्रुग्यासबाट बचेर भागिरहेका प्रदर्शनकारीहरूतिर पुग्यो। अर्को एक रिलमा अश्रुग्यासको यसरी ‘रिभ्यु’ गरियो, मानौँ कुनै नयाँ रेस्टुरेन्टको समीक्षा भइरहेको होस्।
अनलाइन हेर्ने धेरै मानिसहरूलाई यो हास्य हिंसाको ठीक विपरित लाग्यो। तर, जुन युवाहरूले यी भिडयो बनाएका थिए, उनीहरूका लागि यसमा कुनै विरोधभास थिएन।
प्रदर्शनकारीहरूमध्ये कसैले पनि एल्गोरिदम, इन्गेजमेन्ट वा भाइरल हुने कुरा गरेनन्। भिडियो रेकर्ड गर्नु प्रदर्शनकै एउटा हिस्सा रहेको उनीहरूको भनाइ थियो।
जब उनीहरूले हास्यको सहारा लिए, त्यो लगभग सधैँ आफूमै केन्द्रित थियो। जस्तै लाठी चार्जबाट बच्नका लागि धेरै किलोमिटर भागिसकेपछि त्यसको मजाक उडाउनु वा अश्रुग्यासको बीचबाट भाग्नुभन्दा केही क्षणअघि ‘आउटफिट रिभिल’ रेकर्ड गरेकोमा हाँस्नु। यी गतिविधिले डरलाई समाप्त गरेनन्। डर र हास्य एकसाथ देखिन्थ्यो।
विशेषहरूका अनुसार यो प्रवृत्तिले इन्टरनेटको युगमा हुर्किएको एक पुस्ताले प्रदर्शनलाई कसरी अनुभव गर्छ भन्ने कुरातर्फ संकेत गर्छ।

